सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अमिताभ बच्चन, कमल हासन, प्रभास र दीपिका पादुकोण अभिनीत फिल्म ‘ कल्कि २८९८ ए डि ‘ हलहरुमा रिलिज संगै क्रिटिक्स मात्र नभयर दर्शकहरुले पनि खुब तारिफ गरेको पाईएको छ । फ़िल्मको कथा,कलाकारहरुको दमदार अभिनय, भीज़ुअल्स इफ़ैक्ट्स र भी अफ एक्स vfx को पनि तारीफको ओईरो लागेको छ । सबै कुराको तारिफ हुँदा हुँदै पनि अभिनेता कमल हासनलाई कम समयका लागि स्क्रीन टाइम को लागि भने दर्शकहरुले आलोचना गरिरहेका छन ,किनकी कमल हासनालाई दर्शकहरु लामो भूमिकामा हेर्न चाहन्छन ।

फिल्म ‘ कल्कि २८९८ ए डि ‘ मा खतरनाक भिलेन बनेका कमल हासनले हालै एउटा अन्तरवार्तामा भनेका छन् ,’ यस पटक सानो भूमिकामा देखिएको छु ,त्यो केवल केहि मिनेट को छ भने यसको आगामी बन्ने भागमा धेरै कुरा गर्नुछ । म आफै यो फिल्म हेरेर दङ्ग छु । कमल हासन भन्छन ‘ कल्कि २८९८ ए डि ‘मा काम गरेर मलाई लाग्यो, हिन्दि हिन्दी सिनेमा ग्लोबल एंटरटेनमेंट तर्फ बढिरहेको छ र ‘ कल्कि २८९८ ए डि’ ती मध्ये एक हो । निर्देशक नाग अश्विन ले बिना केहि धार्मिक पक्षपात पौराणिक कथाको टपिक लाई सावधानीपूर्वक हैंडल गरेका छन् । फिल्म ‘ कल्कि २८९८ ए डि ‘को बॉक्स ऑफिस परफॉरमेंस को कुरा गर्ने हो भने फिल्मले पहिलो दिन देखि नै थियटरमा कमाल गरिरहेको छ । ‘ कल्कि २८९८ ए डि ‘ हिन्दि भर्सनमा दुइ दिनमा ४५.७५ करोडको कमाइ गरेको छ भने संसारभरी बक्स अफिस कलेक्सनमा २९८.५ करोडको कमाइ गरेको छ जो आफैमा ठुलो रेकर्ड हो ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com