सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’को चौथो चरणको छायांकन सुरु भएको छ। फिल्मको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप राउत, सुनिल वर्मा नेपाल आएका छन् । भारतीय कलाकारहरु नेपाल आएको बेला निर्माण टिमले पत्रकार सम्मेलन गरेर चौथो चरणको छायांकन हुने जानकारी दिएको हो। अबको ४ दिन सम्म फिल्मको छायांकन काठमाडौं र ललितपुरमा हुनेछ ।

चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्मको चौथो चरण नै छायांकनको अन्तिम चरण हुनेछ।

फिल्म गजनीमा भिलेनको रुपमा देखिएका प्रदीप राउतले आफू नीताको बाबुको भूमिकामा फिल्ममा देखिएको बताउदै नेपाली फिल्मका कलाकार तथा प्राविधिकहरुको तारिफ पनि गरेका थिए। साथै फिल्म ‘पुष्पा’मा भिलेनको रुपमा देखिएपछि चर्चा पाएका कलाकार सुनिल बर्माले नेपाली फिल्ममा काम गर्न पाउँदा निकै खुशी लागेको बताए ।

नीता फिल्म्सको ब्यानरमा बनिरहेको फिल्ममा अभिनेता हरिरहर अधिकारीको कथा रहेको छ भने वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन रहनेछ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनन्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ ।

फिल्ममा नीता ढुंगाना, कलाकार हरिहर अधिकारी, प्रदीप राउत, सुनील बर्माका साथमा चर्चित भारतीय कलाकार ब्रम्मानन्दम, अली, कविर सिंह, दुहान, संचिता लुइँटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रविन्द्र झा, आदर्श मिश्र, वुद्दि तामाङ, किरण केसी लगायतका कलाकारको अभिनय छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com