सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड बधु’को रिलिज डेट फिक्स गरिएको छ। अब भने फिल्म भदौको १४ गतेबाट देशभरका हलमा रिलिज हुनेछ। निर्माण टिमले आँचल र विवेक फिचर्ड भएको एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो। वितरकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति तय गरेको निर्माण टिमको भनाई रहेको छ।

मिलन चाम्स निर्देशित फिल्ममा फिल्ममा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ ।
एल आर के इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा सुदिप बरालको छायांकन, हिमाल केसीको द्वन्द रहेको छ ।

फिल्ममा आँचल र विवेकका अलावा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com