सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बलिउड निर्देशक संजय लीला भन्सालीको पहिलो ओटीटी सिरिज ‘हीरामंडी -द डाईमण्ड  बजार’को प्रदर्शन पश्चात अभिनेत्री मनिषा कोइराला अहिले व्यस्त भएकी छिन। गत बिहिवार राजधानीको ‘इन्सेसेण्ट रेन एकडेमी’मा उनि देखा परेकी थिइन्। जहाँ युवा महिलाहरुले एनिमेसनवारे ज्ञान हासिल गरि रहेका थिए। मनिषा कोइराला विद्यार्थीहरुसँग त्यस बारे थप जानकारी लिन र उनीहरुको हौशला थप्न त्यहाँ पुगेकी हुन् ।

हलिउड स्थित वाल्ट डिस्नेमा एनिमेसन सम्बन्धि बर्षौ काम गरेर नेपाल फर्केर इन्सेसेण्ट रेन स्टुडियो किरण भक्त जोशी र दिपा चिपालुजोशीले सुरु गरेका हुन्। कोइरालाले उक्त कार्यक्रममा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुका साथै उनीहरुलाई लगनशीलताका सस्थामा प्रोत्साहन, प्रेरणा र उत्प्रेप्रण प्रदान पनि गरेकी छन् ।

उक्त अवसरको फोटो पत्रकार विकास रौनियारले खिचेका केहि तस्विरहरु :

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com