सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: रुना इन्टरटेनमेन्टको ब्यानरमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशनमा निर्माण हुने फिल्म ‘माइली’मा गायिका कमला घिमिरे अनुबन्धित भएकी छिन।

‘माइली’बाट कमलाले सिने नगरीमा ‘डेब्यू’ गर्न लागेकी हुन् । कमलाले आफूलाई संगीतमा झैं फिल्ममा पनि दर्शकले माया दिने बताइन् । ‘दर्शकले मलाई फिल्ममा पनि माया र साथ दिनुहुनेछ जसरी गीत संगीतको क्षेत्रमा दिनु भएको थियो । आज मैले फिल्म गर्ने अबसर पाएँ, म सम्झिन चाहान्छु मेरा ति सुरुवाती दिनहरु जतिखेर मलाई दर्शक श्रोताले धेरै माया गरेर आज यो ठाउँ सम्म पुर्‍याउनुभयो’, उनले भनिन् । कमला एक समय युट्युब र सामाजिक सञ्जालमा भाइरल गायिका थिइन् ।

सत्यघटनामा आधारित हुने जानकारी निर्देशक बलामीले दिएका छन। फिल्म श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्षको कथामा आधारित रहेर बन्ने फिल्ममा शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ ।

असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।
फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com