सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘मोदीबेनी’को पहिलो गीत रिलिज भएको छ। निर्माण टिमले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘मन्जुरी’ बोलको रोमान्टिक गीत दर्शक सामु ल्याएका हुन्। फिल्मका मुख्य पात्र वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठलाई रोमान्टिक देखाईएको गीतमा एसडी योगी र विज्ञान पराजुलीको आवाज रहेको छ। गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्।
सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको  गीतमा बर्षा र अमनले सुन्दर अभिनय गरेका छन्। गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन्।

श्रावण १८ गतेबाट देशभर रिलिज हुने फिल्मलाई शंखर कोइरालाले निर्देशन गरेका हुन् भने फिल्ममा  दिलीप केसी र हरि श्रेष्ठको लगानी रहेको छ। फिल्ममा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादक, किरण थापाको कोरियोग्राफि रहेको छ।  आनन्द विक्रम क्षेत्रीले लेखेको फिल्ममा दीपेन्द्र गौतम ‘माइकल’को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको विश्वास गर्नै गाह्रो हुने तर यथार्थ घटनामा आधारित रहेर बनेको हो। फिल्ममा बर्षा र अमनका अलावा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराई लगायतको पनि
अभिनय रहेको छ।

ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com