सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बलिउड फिल्म निर्माता /निर्देशक आदित्य धरद्वारा रणवीर सिंह, संजय दत्त, आर माधवन र अर्जुन रामपाललाई एकसाथ लियर मल्टी-स्टारर एक्शन ड्रामा ‘धुरंधर’ बनाउने भएका छन। बलिउडमा अहिले यो फिल्म चर्चामा रहेको छ। भर्खरै फिल्ममा अभिनेता अक्षय खन्ना पनि भित्रिएका छन् ।

स्रोतका अनुसार, ‘धुरंधर’ मा रणवीर गुप्तचर अधिकारीको भूमिकामा प्रस्तुत हुदैछन। फिल्म मिशन बेस्डमा बन्ने छ ।  भारतको विभिन्न ठाउँ र विदेशमा छायांकन गरिने फिल्मको प्री-प्रोडक्शनको काम धेरै अघि नै शुरु भैसकेको छ ।

‘उरी: द सर्जिकल स्ट्राइक’ को सफलता पश्चात फिल्म ‘धुरंधर, आदित्य धरको आगामी निर्देशित फिल्म बन्नेछ । फिल्म ‘उरी: द सर्जिकल स्ट्राइक’ मा अभिनेता विक्की कौशल मुख्य भूमिकामा थिए र यस फिल्मले उनलाई सफलताको शिखर सम्म पुर्याएको थियो ।

यहि बर्षको सुरुवातमा निर्देशक धर र उनको ब्यानरले आफ्नो प्रोडक्शनबाट ‘आर्टिकल 370’बनाई सफ़लताको स्वाद चाखेका छन् भने यस फिल्ममा उनकी पत्नी यानी अभिनेत्री यामी गौतम मुख्य भूमिकामा थीइन ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com