सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वेल डन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको नेपाली चलचित्र ‘तेल भिसा’को पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरिएको छ । विपिन कार्की र बर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्र भदौ २८ गतेबाट पोस्ट पोण्ड हुदै अब मङ्सिरको ७ गतेबाट रिलिज हुने भएकोछ ।

सार्वजनिक पोष्टरमा अभिनेता विपिन कार्कीलाइ दोहोरो भूमिकामा देख्न सकिन्छ । चलचित्रमा विपिनको अलावा वर्षा राउत, पूजा चन्द, ऋचा शर्मालाई पनि पोष्टरमा देख्न सकिन्छ ।

शंकर घिमिरेको निर्देशनमा बनिरहेको फिल्मको पहिलो चरणको छायांकन अमेरिकामा गरिएको हो भने दोस्रो चरणको छायांकन हाल चितवनमा भई रहेको छ। चलचित्रमा अनिश पाण्डे र शिवराज कार्कीको लगानी छ । चलचित्रमा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेका छन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com