सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘खुस्मा’को पहिलो गीत सार्वजनिक भएको छ। ‘खुसीका फुल बटुलेर’ बोलको गीतमा फिल्मका मुख्य कलाकारहरु धिरज मगर र उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ। एस डी योगी र बिग्यानी पराजुलीको आवाज रहेको गीतको भिडियोमा धिरज र उपासनालाई रोमान्टिक देख्न सकिन्छ। गीतमा गायक योगीकै संगीत, राम अविरल बिस्टको शब्द रहेको छ।
मगर समुदायको प्रेमकथा बोल्ने फिल्मलाई एम मिडिया प्रालिको व्यानरमा निर्माण भएको हो। वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी यो फिल्मका निर्माता हुन् । दीपक बज्राचार्यको छायांकन रहेको यो फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत छ ।
अशोक थापा मगरको निर्देशनमा बनेको फिल्ममा माओत्से गुरुङ, सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई लगायतका कलाकारको अभिनय छ । फिल्म असोजको ३ गतेबाट प्रदर्शन हुनेछ।





 
                                     
            



प्रतिक्रिया