सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सक्किगोनि टिमले फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको छ।  शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेका हुन्।

जेपीटी टिम्सको ब्यानरमा बन्न लागेको फिल्ममा  कुमार कट्टेलको लेखन तथा निर्देशन रहनेछ भने फिल्ममा  नवीन श्रेष्ठ निर्माता र रमेश नरेश शाह सह–निर्माताको रुपमा छन् ।

सुदिप बराल डिओपी रहने फिल्ममा अर्जुन घिमिरे, सागर लम्साल, कमलमणी नेपाल, माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका छ । त्यसो त् बरिष्ट अभिनेता मुकुन्द श्रेष्ठ १२ बर्षपछि पुन: ‘लाज शरणम्’बाट अभिनयमा फर्किदैछन।

टिमले फिल्मको निर्माण घोषणासँगै फागुनको १४ गतेबाट रिलिज हुने जानकारी दिएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com