सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’बाट अभिनेता हरिहर अधिकारीको नयाँ  लुक सार्वजनिक गरिएको छ।  सार्वजनिक पोस्टरमा उनलाई एङ्ग्रि लुकमा निर्माण टिमले प्रस्तुत गरेका छन। हरिहरको पोस्टरको ब्यागराउण्डमा भारतीय अभिनेताहरु कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्माका साथै अभिनेता प्रशान्त ताम्राकारलाई देख्न सकिन्छ। हुनत् यस अघिपनि निर्माण टिमले फिल्मका कलाकारहरुको फस्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनन्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मसको ब्यानरमा फिल्म तयार भएको हो ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com