सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वरिष्ठ गायक तथा सर्जक नबिन किशोर राईले बि.स. २०२८ सालमा बनाएको ‘टिकुली ट्याक’ बोलको गीत रमेश प्रसाईंको स्वरमा सार्वजनिक गरिएको छ ।

रमेश प्रसाईले गायक राईसँग अनुमति लिएर आफ्नो स्वरमा पुन रेकर्ड गराएका छन्। सयभन्दा बढी गित गाएका राईको ‘टिकुली ट्याक’ पहिलो गीत हो । उनको स्वास्थ्यले साथ नदिएपछि आज भन्दा ३० बर्ष अघिदेखि नै उनले गायन छाडेर सिर्जना मात्र गर्ने गरेका छन्। भिडियोमा कलाकार हरिश निरौला, प्रियना आचार्य, पुस्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माको अभिनय रहेको छ ।

सुबोल थापाको कोरियोग्राफि रहेको भिडियो पवन सुस्लििङले खिचेका हुन् । यस गीतको निर्माताको रुपमा सुस्मा गुरागाईँ रहेकी छिन् । यस गितका निर्देशक दिपक आचार्यले गरेका हुन्। भिडियो संखुवासभा, तेह्रथुम र धनकुटामा छायांकन गरिएको हो । यस गितबाट आएको रकम अन्तरदृस्टी संस्थाको अनाथ बालबालिकामा सहयोग गरिनेबारे टिमले जानकारी गराएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com