सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को नयाँ गीत रिलिज गरिएको छ । सार्वजनिक ‘सिरी सिरी हावा’ बोलको गीतमा आञ्चल शर्मा र विवेक कर्मचार्यलाई देख्न सकिन्छ। सुगम पोखरेल र नेहा कोराडेको आवाज रहेको उक्त गीतमा नरेश भट्टराईको शब्द तथा युग भुसालको संगीत रहेको छ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफुले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा जानुका थापाको लगानी छ । फिल्ममा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।

यो फिल्मको दुई वटा गीत सार्वजनिक भइसकेको छ । दुबै गीतलाई दर्शकले मन पराइरहेका छन् । रोमान्टिक कमेडी जनरामा निर्माण भएको यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com