सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – काठमाडौंको ठमेलस्थित क्लब टेन एक्समा हालैको एक साँझ एउटा निकै सभ्य तथा भव्य कार्यक्रम आयोजना गरियो । प्रायः सधैँ नृत्यपरक गीतहरु प्रस्तुत भैरहने टेन एक्स उक्त साँझ सांगीतिक कविता वाचन कार्यक्रमले उपस्थित सयौं दर्शकहरुलाई मुग्ध बनाएको थियो ।

गत भदौ ७ गते अर्थात अगष्ट २३ को साँझ गेहेन्द्र धिमाल फाउण्डेनले क्लब टेन एक्समा एउटा बेग्लै शैलीको कविता वाचनको सांगीतिक प्रस्तुति आयोजना गरेको थियो, जसको शीर्षक थियो– ‘अ नाइट टु रिमेम्बरः अनरिभेलिङ इमोशन्स एण्ड एक्सप्रेसिङ डिजाइर ।’ ठमेलको भव्य क्लब टेन एक्समा आयोजना गरिएको यो अत्याधुनिक शैलीको साहित्यिक कार्यक्रममा सहभागिता जनाउने दर्शकहरु कार्यक्रममा प्रस्तुत गरिएका कविताहरु सुनेर त्यसै–त्यसै मन्त्रमुग्ध देखिएका थिए ।

काठमाडौंस्थित अमेरिकी दूतावास तथा आईएम स्विडिस डेभ्लप्मेन्ट पार्टनरको सहयोगमा आयोजना गरिएको यो कार्यक्रमको क्रममा कवि तथा कवियित्रीहरुले आफैँले रचना गरेका कविताहरु सांगीतिक धूनको साथमा प्रस्तुत गरेका थिए । प्राइड्स पेलेटको श्रृंखलाको रुपमा आयोजना गरिएको यो कार्यक्रम क्वेयर समुदायलाई समर्थन तथा एलजिबिटिक्यूआईए प्लस समुदायका मानिसहरुकोे मानव अधिकार तथा क्वेयर अधिकारप्रति समर्पित थियो ।

कार्यक्रममा कवि तथा कवियित्रीहरुलँई स्मारिका फूयाल ९भोकल०, पारस मणि सुवेदी ९पर्क्यूसनिष्ट० तथा रायन राजभण्डारी ९गिटारिष्ट० ले प्रस्तुत गरेको सांगीतिक धूनमा प्रतिस्पर्धि १० जना कविहरुले आफ्ना कविता वाचन गरेका थिए । कार्यक्रममा ‘अ नाइट टु रिमेम्बर’ का निर्णायक तथा नेपाल फिल्मकी लोकप्रिय अभिनेत्री गौरी मल्लले ‘सायजुको पर्खाइमा’ ९वेटिङ फर यूनियन० शीर्षकको कविता वाचन गरिन् । अभिनेत्री मल्ल कुशल साहित्यकार, कवि तथा गायिकासमेत हुन् । कार्यक्रमका अर्का निर्णायक कवि विप्लभ प्रतिकले ‘अन्तिम भेट’ ९द वेटर० तथा अभिष्ट ९यार्निङं शीर्षकको कविता वाचन गरेका थिए ।


कार्यक्रमका लागि आयोजक संस्थाले झण्डै एक महिनाको समय निर्धारण गरेर कविताहरु आह्रवान गरेको थियो । त्यसक्रममा ठूलो संख्यामा कविताहरु प्राप्त भएको आयोजकको भनाइ छ । निर्णायकद्वय गौरी मल्ल तथा विप्लभ प्रतिकले अ नाइट टू रिमेम्बरका लागि उत्कृष्ट १० कविताहरु छनोट गरेका थिए । कार्यक्रममा निर्णायकद्वारा छानिएका कविताहरुका रचनाकार अर्थात कविहरु अच्यूत पौडेल, अनु शाही ठकुरी, आर्या खरेल, वर्षा भण्डारी, विराट विजय ओझा, नविन कार्की, रुपेश भट्टराई, स्यामी, सन्दीप श्रेष्ठ तथा सुदिप वाग्लेले आफ्ना कविता वाचन गरेका थिए । उनीहरुले आफ्नो कवितामार्फत एलजिबिटिक्यूआईएप्लस समुदायले भोग्नु परेका समस्या, उनीहरुको मुद्दा तथा भावनाहरुका बारेमा आफ्ना भावना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उत्तरार्धमा आयोजक संस्थाका प्रमुख गौतम धिमाल तथा अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख गेरेट ई।विल्कर्सनले सहभागि १० जना कविहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा कलाकार, सञ्चारकर्मी, कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आयोजक गेहेन्द्र धिमाल फाउण्डेसनले यो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहकार्य गर्ने द पोइट आइडल, क्लब टेन एक्स, मोर्फ म्यागेजिन, कलाकर्मी, लोकेशन नेपाल तथा ट्रेक्मिन स्टुडियोजप्रति आभार व्यक्त गरेको छ । कार्यक्रममा कला र साहित्यका अनुरागीहरुसहित विभिन्न क्षेत्रका सेलिब्रेटीदेखि कुटनीटिक नियोगका वरिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कलाकार, खेलाडी, चित्रकार, साहित्यकार, संगीतकर्मी, टेलिभिजनकर्मी आदि व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

यो विशेष कार्यक्रम क्वियर समुदायका मानिसहरुप्रति समर्पित थियो, जसले आफ्ना भावनाहरू व्यक्त गर्न असहज महसुस गर्दै आइरहेको पृष्ठभूमिमा ती इच्छाहरू र भावनाहरूलाई व्यक्त गर्नका लागि ‘अ नाइट टु रिमेम्बर’ एउटा उत्कृष्ट प्लेटफर्मको रुपमा रहेको थियो । यो कार्यक्रमले एलजिबिटिक्यूआईए प्लस समुदायका लागि मानव अधिकार तथा क्वियर अधिकारलाई प्राथमिकता दिएको थियो ।

कार्यक्रमको सफल आयोजनापछि आयोजक गेहेन्द्र धिमाल फाउण्डेसनका अध्यक्ष गौतम धिमाल भन्छन्– ‘हरेकलाई आफ्नो कथा व्यक्त गर्ने तथा कलामार्फत जोडिने स्थान उपलब्ध गराउन पाउँदा हामी खुशी छौं । अ नाइट टु रिमेम्बर भनेको सृजनात्मकता तथा समावेशीकरणका विविध आवाजहरुलाई अर्थपूर्ण तरिकाले संगै ल्याउने एउटा माध्यमको रुपमा लिएका छौं ।’

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com