सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भोलि भदौ १४ गते, शुक्रबार देखि हलमा रिलिज हुन लागेको चलचित्र ‘वर एण्ड वधु’ ले पोखरापछि काठमाडौं, बुधबार बेलुका ललितपुरस्थित क्यूएफएक्सको लबिम हलमा भब्य प्रिमियर समारोह सम्पन्न गरेको छ ।

‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियरमा चलचित्र क्षेत्रका कलाकारहरु, पत्रकार र राजनीतिज्ञको उपस्थिति राम्रो थियो । चलचित्र हेर्न मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मिरुना मगर, पशुपति राई, ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, केदार घिमिरे, जितु नेपाल, सरोज न्यौपाने, उषा रजक,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, लगायत हल पुगेका थिए । चलचित्रका मुख्य कलाकार आँचल शर्मा, किरण केसी, विवेक कर्माचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि हल पुगेका थिए ।




आफ्नो हरेक चलचित्रको प्रिमियर भव्य बनाउने निर्देशक मिलन चाम्सको खुबी नै हो । चलचित्रलाई एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको छ |









प्रतिक्रिया