सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म र म्युजिक भिडियोका डान्सरको पारिश्रमिक बढ्ने भएको छ। गत साता बसेको चलचित्र नृत्य संघको बैठकले पारिश्रमिकको नयाँ दर तोक्ने निर्णय गरेको हो।

अब भने फिल्मको गीतमा नृत्य गर्ने डान्सरहरुले एक दिनको तिन हजार, दुई दिनको पाँच हजार तथा छायांकन तिन दिन सम्म भएको खण्डमा छ हजार पारिश्रमिक पाउँने भएका छन।

म्युजिक भिडियोका डान्सरले भने लोकपप, आधुनिक, भाषाभाषी सबैखाले गीतमा नृत्य गरेबापत एक दिनको दुई हजार रुपैयाँ र विदेशी फिल्मको हकमा प्रतिदिन तीन हजार रुपैयाँ पारिश्रमिक कायम गरिएको छ । सो नियम आउँदो वैशाख १ गते देखि लागु हुनेछ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com