सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: तिजको अवसर पारेर शुक्रबारबाट रिलिज भएको फिल्म ‘रावायण’को ओपनिङ्ग बिजिनेश सन्तोष जनक रहेको बताईएको छ। शुक्रबार बिहानै देखिनै हाउसफुल भएको फिल्म हेर्न शनिबार पनि दर्शकको चाप अझै बढी रहेको थियो।

राजधानीका  वीग मुभिज, सिभिल मल, एफक्यूब, अष्टनारायण र भक्तपुरको राधेराधेमा एफक्यूब रहेको हलमा दर्शकको चाप शुक्रबार र शनिवार थामी नसक्नु रहेको थियो। शुक्रबार बिहान देखिनै दर्शक प्रतिक्रिया बुझ्न हल हल पुगेका पल शाह र पूजा शर्मा शनिबार पनि दर्शक भेट्न हल हल पुगेका थिए। फिल्म हेरेका सबै दर्शकले फिल्मको मन पराएका छन। विशेष दर्शकले फिल्मको कथा र सिनेमाटोग्राफीको तारिफ गरेका छन। दर्शकको मायाले अहिले पल र पूजा पुकलित भईरहेका छन।

सुदर्शन थापा निर्देशन तथा पूजा शर्माको निर्माणमा तयार भएको फिल्मको २ दिने बक्स अफिस रिपोर्ट नआए पनि फिल्मले देशभर राम्रो कलेक्सन गरेको निर्माण टिमको भनाई रहेको छ। फिल्ममा पल, पूजाको अलवा प्रमोद अग्रहरी, प्रियंका कार्की लगायतका कलाकारहरूको पनि अभिनय छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com