सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – संविधान दिवसको अवसर पारे असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खुस्मा’को जापान र कोरिया राइट्स विक्रि भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर गर्दै चलचित्रको यी दुई देशको प्रदर्शन अधिकार बिक्रि भएको जानकारी दिएको हो ।

चलचित्रको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको हो भने कोरिया राइट्स कस्ले किनेको भन्ने निर्माण टिमले खुलाउन चाहेन ।चलचित्रको गीत र टिजर रिलिज पश्चात दर्शकमाझ हाइप उच्च बनेको छ । जसको फाइदा चलचित्रको विदेश राइट्मा भैरहेको निर्देशक अशोक थापा मगरले बताए । अन्य थुप्रै देशबाट चलचित्र प्रदर्शनको कुरा भैरहेकाले फाइनल भएसँगै जानकारी दिँदै जाने तयारी निर्माण कम्पनिको छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री चलचित्र लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय चलचित्र हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय चलचित्र महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ । चलचित्रका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com