सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  मोसन पोस्टरले नै दर्शकको ध्यान खिचेको ‘चलचित्र पूर्ण बहादुरको सारङ्गी’को टिजरले धेरैको मन छोएको थियो भने अहिले नयाँ गीत सर्वाजंकी गरिएको छ ।यस गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट प्रारम्भ हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग चलचित्रका मुख्य पात्र विजय बरालको अनुहारमा देखिन्छ । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको गीत सार्वजनिक हुनबित्तिकै धेरैले सामाजिक सञ्जालमा मन छोयो भन्दै सेयर गरेका छन्  । शिक्षा बिनाको जिन्दगी रातजस्तै निष्पट्ट अँध्यारो रहेको भन्ने गीतले छोराको उज्जवल भविश्यका लागि बुवाले गर्ने संघर्षको कथा देखाएको छ । भिडियोमा विजयसँगै चलचित्रका मुख्य कलाकार प्रकाश सपूत फिचर्ड छन् ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो । चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ ।

 

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com