सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ललितपुरको संचयकोषको भवन अगाडि रहेको रोक्का प्लाजामा ‘पनास रनवे’ संचालनमा आएको छ । यसअघि दरबारमार्गमा संचालनमा रहेको यो रन वे कोरोनाका कारण बन्द भएको थियो । अब, भने यो रन वेलाई ललितपुरमा संचालनमा ल्याइएको हो ।

यो रन वेको नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरुले एकसाथ उद्घाटन गरेका छन् । नायिका गौरी मल्ल, पूजा शर्मा, गायिका देविका बन्दना, नायक पुष्प खड्का, कुन्साङ बोमजम, निर्मात्री पूनम गौतमले केक काटेर यो रन वेको शुभारम्भ गरे ।

शुभारम्भपछि नायिका गौरी मल्लले आफूले सधै नै यही रन वेबाट पहिरनहरु लैजाने गरेको बताइन् । रन वेकी संचालिक स्वेता सिरोहियाले हरेक प्रकारका पहिरनहरु ‘पनास रन वे’मा उपलब्ध भएको बताइन् ।
उनले, आफूहरुले हरेक प्रकारका ग्राहकहरुको रोजाइलाई ध्यान राखेर ‘पनास रनवे’को शुभारम्भ गरेको बताइन् । उनले भनिन्–‘पहिले हाम्रो रन वेमा पहिरनहरु महंगो हुन्छ भन्ने मानिसहरुमा सोच थियो । तर, यसपटक हामीले भारतको महारानी कलेक्शनसँग सहकार्य गरेका छौं । यसैले, भारतमा जुन दरमा पहिरन पाइन्छ, यहाँ पनि सोही दरमा उपलब्ध गराएका छौं ।’ निर्मात्री पूनम गौतमका अनुसार, यी सबै पहिरनहरु भारतको मुम्बई, पुणे, दिल्लीबाट ल्याइएको बताइन् । उनका अनुसार, थुप्रै डिजाइनहरुसँग सहकार्य गर्दै ‘पनास रन वे’ संचालनमा आएको बताइन् ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com