सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत वर्ष नै निर्माण घोषणा गरिएको चलचित्र‘मायाका रंङहरु’को मुख्य भूमिका ‘मायाका रंङहरु’ मा अभिनेता मनिष राउत अनुबन्धित भएका छन् । निर्माण टिमले मनिषसँग केही समय पहिले नै लिखित सम्झौता गरेको थियो । ‘प्रेमगीत ३’ पश्चात पुनः मनिष चलचित्रमा एक्सन अवतारमा देखिन लागेको निर्माण टिमले जानकारी दिएको हो ।

सोमबार परेको अभिनेता राउतको जन्मदिनको अवसरमा फर्स्टलुक पोस्टर सहित चलचित्रको मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी दिएको हो । यसअघि चलचित्रको मुख्य भूमिकामा पल शाह लगायतका कलाकारहरु अनुबन्धित भएका थिए । उनीहरु चलचित्रमा रहने नरहने कुनैपनि जानकारी निर्माण टिमले दिएको छैन् । डेव्यु निर्देशक केवल तामाङका अनुसार चलचित्र पूर्ण रुपमा नयाँ शिराबाट निर्माण गर्न लागिएको छ ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको चलचित्रमा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, पटकथा तथा संवाद, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

चलचित्रको सह–निर्मातामा आरबी थाङदेन, जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल छन् । चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । तिहारपछि छायांकनको तयारीमा रहेको चलचित्र नयाँ वर्ष २०८२ को आसपासमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com