सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लक्ष्मीपूजाको दिन यानी कार्तिक १५ गतेदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ट्रेलर सार्वजनिक भएको छ । आज  काठमाडौंमा एक समारोहको बीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

चलचित्रको ट्रेलरमा बाल्यकालका पूर्ण बहादुरदेखि हजुर बुवा बनेका पूर्ण बहादुरसम्मलाई चित्रण गरिएको छ । चलचित्रमा विजय बरालले पूर्ण बहादुरको भूमिका निर्वाह गरेका छन् । अञ्जना बराइलीले उनको धर्मपत्नीको भूमिका निर्वाह गरेकी छिन् भने उनको छोराको भूमिका प्रकाश सपूतले निर्वाह गरेका छन्   ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

चलचित्रमा बिजय बराल, प्रकाश सपुत , अन्जना बराइली,मुकुन भुसाल ,बुद्धि तामांग , माउत्से गुरुङ लागायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

ट्रेलर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको छ । चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com