सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  बिन्ध्यवासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ को आइटम गीत ‘टिमिक्कै चोली’ सार्वजनिक भएको छ । आगामी कार्तिक २२ गते छठ पर्वको दिनदेखि प्रदर्शनमा आउनेचलचित्रको गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको छ। आइटम गीतमा मोडल अलिशा शर्माले नृत्य गरेकी छिन् ।

नविन भट्टको डेब्यू निर्देशन रहेको चलचित्रको अघिल्लो साता शिर्ष गीत सार्वजनिक गरिएको थियो ।

‘फिरफिरे फिरिरी’ मा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यही चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।

चलचित्रमा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन सह–निर्माता रहेका छन् । अधिकारीले यसअघि ‘नौ डाँडा पारी’ तथा ‘मंगलसुत्र’ जस्ता चलचित्र निर्माणसंगै अभिनय पनि गरेका थिए ।

चलचित्रमा जितु तामाङको छायांकन,रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com