सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भ्यालेन्टाइन डेको अवसर पारेर आगामी फागुन २ गते चलचित्र ‘दुःखी आत्मा’ रिलिज हुने भएको छ । चलचित्रका निर्देशक दीपेन्द्र लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्र फागुन २ गते अर्थात फेब्रुअरी १४ मा रिलिज हुने जानकारी दिएका हुन् ।
चलचित्र ‘दुःखी आत्मा’ अहिले पोस्टप्रोडक्सनमा छ । ‘छ माया छपक्कै’, ‘नाङ्गो गाउँ’, ‘२ नम्बरी’ जस्ता चलचित्रका निर्देशक दीपेन्द्रको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राईलगायतको अभिनय छ । चलचित्रको निर्माता हिमाल कडरिया हुन् । कार्यकारी निर्मातामा भने सुदीप ढकाल छन् । यसमा आलोक शुक्लाको छायांकन छ ।
प्रतिक्रिया