सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘कबड्डी’को पहिलो सिरिजबाट हिट भएका जोडी दयाहाङ राई र रिश्मा गुरुङ पुन: एकपटक अन स्क्रिन रोमान्स गर्ने भएका छन।  यी दुई फिल्म ‘रिमै’बाट पुन: पर्दामा देखिन लागेका हुन्। मङ्गलबार निर्माण टिमले गोरखाको सिरानचोकमा फिल्मको शुभ मुर्हत गर्दै छायांकन सुरु गरेको छ। छायांकनको पहिलो दिन दयाहाङ र रिश्माले मुहूर्त सट दिएका थिए ।

निर्देशक खिलबहादुर गुरुङले दिएको जानकारी अनुसार अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, भंगेरी, लासे, गोर्खा बजार क्षेत्रमा छायांकन हुनेछ।

फिल्ममा यस अघि अभिनेता सौगात मल्लले पनि अभिनय गर्ने भएता पनि फिल्म  ‘बलिदान’सँगको छायांकन जुधेपछि अभिनेता मल्लले रिमैबाट हात झिकेका हुन्।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् । यसमा मित्र डि गुरुङको सम्पादन रहनेछ । वीरवल घले, टिका गुरुङ र दुन बहादुर घलेको लगानी रहने फिल्ममा सह-निर्माता बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे हुन् । रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्मातामा छन् ।

फिल्ममा कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतको पनि अभिनय रहनेछ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com