सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – काठमाडौं जिल्ला अदालतले माघ १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्ने आदेश दिएको छ । अदालतले चलचित्रको प्रदर्शन हाललाई स्थगित गर्ने आदेश दिएको हो ।
राजन भुसालद्वारा निर्देशित साथै भोलि माघ १६ गते बुधवारदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘एक्टरः टेक वन’ को हिजो सोमवार साँझ भक्तपुरको क्यूएफएक्स चलचित्र भवनमा भब्य प्रीमियर शो आयोजना गरिएको थियो ।
साथै उक्त चलचित्रको लागि हलहरुले अग्रीम टिकट बुकिङ खुल्ला पनि गरिसकेका छन् ।
गत शुक्रवार ‘एक्टर’ चलचित्रका निर्माता सम्राट थापाले काठमाडौं जिल्ला अदालतमा शीर्षक जुधेको भन्दै ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।
चलचित्रका निर्माता मनोहरी थापाले काठमाडौं जिल्ला अदालतले ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न अन्तरिम आदेश दिएको पुष्टि गर्दै आगामी माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाइको समेत जानकारी दिएका छन् ।
प्रतिक्रिया