सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – विजय बराल यस्ता अभिनेता हुन् जसलाई सफलता र ब्यस्तताले पछ्याइरहेको छ । ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’पछि बरालको ‘स्टारडम’ चुलिएको छ ।
उनी अब प्रतीक्षित फिल्म ‘कबड्डी ५’ र ‘जारी २’का श्रृंखलामा देखिनेछन् । यी चलचित्रको छायांकन बैशाखदेखि गर्ने तयारी छ । यसबारे आधिकारिक विवरण आउन बाँकी छ । बरालले ‘जनै हराएको बाहुन’ पनि साइन गरेका छन् ।
यसबाहेक उनी टिभी शो ‘कमेडी दरबार’मा पनि जजको रुपमा छन् । सुरुवातदेखि नै दर्शकको मन जितेको यो शोमा बरालको उपस्थितीले धेरैलाई आकर्षित तुल्याएको पनि छ । अब लगातार चलचित्रमा ब्यस्त हुने भएपछि विजयले यो टिभी शोलाई निरन्तरता नदिने संकेत गरेका छन् ।
केही दिनअघि आयोजित एक समारोहमा उनले मिडियासँग ‘कमेडी दरबार’ छाड्न सक्ने बताए । उनले गर्ने ३ एपिसोडको सुटिङ भएको छ । त्यसपछि उनी चलचित्रमा ब्यस्त हुने जनाइएको छ ।
‘अब चलचित्रबाट निस्कने चान्स कम हुन्छ’ बरालले भनेका छन्, ‘अबको समय कठिन होलाजस्तो लाग्छ । पहिले पात्र गर्दा फुत्त फुत्त निस्कन सजिलो हुन्थ्यो । अब कठिन होला ।’ उनले शो छाड्नेबारे समझदारी र सल्लाहमा मिलाउन खोेजेको बताए । स्रोतका अनुसार, शोको २६ एपिसोडसम्म बरालले अग्रिमेन्ट गरेका छन् । उनको ठाउँमा ‘कमेडी दरबार’मा को देखिनेछन् भन्नेबारे अहिल्यै बताइएको छैन ।
प्रतिक्रिया