सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रेेमको महिना, फेब्रुअरीको सुरुवात सँगै ‘पोइट्री अनप्लग’ ले आफ्ना श्रोताहरुका निम्ति लालटिन पोयट्री सेसन अन्तर्गत ८ प्रेमिल कविताहरुको कोसेली पस्कने भएको छ ।
पोयट आइडल , कृपा अनप्लग्ड र हिमालय रोडिज जस्ता सफल कार्यक्रमहरुका निर्देशक रहिसकेका अमन प्रताप अधिकारीको निर्देशनमा बनेको यस लालटिन पोयट्री सेसन भित्र चर्चित कवि तथा गीतकार विप्लव प्रतीकका साथमा कवि विपना अधिकारी , विजय लुइटेल , मुस्कान पोखरेल र अतुल सिंहले आफ्ना प्रेमिल कविताहरु प्रस्तुत गर्दैछन् ।
आइतबार माघ २० गते फेब्रुअरीको पहिलो प्रस्तुतिको रुपमा आफ्नो युट्युव च्यानल ‘पोइट्री अनप्लग नेपाल (Poetry Unplugged Nepal )मा कवि विप्लव प्रतीकको कविता “अन्तिम भेट” सार्वजनिक गर्दै ‘पोइट्री अनप्लग’ले फेब्रुअरीलाई प्रेम कवितामा केन्द्रित गर्ने जमर्को गरेको छ । किबोर्डिस्ट सिम्सन प्रधानको पार्शव संगीतले सजिएका प्रेमील कविताहरुलाई श्रोताहरु सामु प्रस्तुत गर्नका लागि टाइटल स्पन्सरका रुपमा नेपाल कलेज अफ म्यानेजमेन्ट , सफल एडुकेसन एण्ड भिसा सर्भिसेस जोडिएका छन् भने प्रमुख स्पन्सरका रुपमा अस्ट्रेलिया स्थित ब्लिस म:म र लेवा ( अन्लाइन इङ्लिस लर्निङ प्लाटफर्म ) जोडिएका छन् ।
त्यस्तै मिडिया पार्टनरका रुपमा देशसंचार ,साहित्य पार्टनरका रुपमा साहित्यपोस्ट र अनलाइन पार्टनरका रुपमा मिम नेपालले समेत ‘पोइट्री अनप्लग’को यात्रालाई सघाइरहेका छन् ।
प्रतिक्रिया