सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको साथै निर्देशक दीपेन्द्र लामा लिखित तथा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘दुःखी आत्मा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रको ट्रेलरमा चर्चित कवि श्रवण मुकारुङका कवितालाई राम्री स्थान दिइएको छ ।  जसको वाचन अभिनेता दयाहंग राईले औधि रोचक ढंगबाट गरिरहेका छन् ।

ट्रेलरमा स्थान दिइएको एक कवितामा अभिनेता राइ भन्छन – ‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’

उक्त कविताले प्रस्ट्याउछ कि चलचित्र व्यस्क कथामा तयार भएको छ भन्ने कुरा । ट्रेलर भन्दा अघी चलचित्र ‘दुःखी आत्मा’ को टिजर र सामाजिक संजाल टिकटकमा ‘ब्रेकअप कविता’ पनि भाइरल भइरहेको छ ।

चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय रहेको छ |

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा कविता सामेल गरिएको छ । आलोक शुक्लाद्वारा छायांकन गरिएको चलचित्र निमेष श्रेष्ठले सम्पादन गरेका छन । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

चलचित्र ‘दुःखी आत्मा’ फागुन २ गते (भ्यालेन्टाइन्स डे) प्रदर्शनमा आउने छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com