सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको साथै केदार घिमिरे ‘माग्ने बुढा’ को शीर्ष भूमिका रहेको चलचित्र  ‘माग्ने राजा’ को प्रदर्शन मिति तय भएको छ । चलचित्र आगामी हरितालिका तीजमा आउने जानकारी चलचित्र निर्माण पक्षले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

सामाजिक संजालमा केदार घिमिरे लेख्छन ‘आशिर्वाद दिनुहोला, तीजमा प्रदर्शनमा आउँदैछ’ । चलचित्रलाई  निर्माताले तीजलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् ।

चलचित्रमा कलाकारहरु  केदार प्रसाद घिमिरे अर्थात् माग्ने बुढा, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, पवित्रा साँखी र शिशिर बाङ्देलको अभिनय रहनेछ । दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई दशकपछि पर्दामा हेर्न पाउनेछन् । उनीहरू पछिल्लोपटक ‘राम कहानी’मा एकसाथ देखिएका थिए ।

सामिप्य राज तिमिल्सिनाको लेखन रहेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन भने  चलचित्रका निर्माता मुनाल घिमिरे हुन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com