सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – महाशिवारात्रिको अवसर पारेर चलचित्र ‘योगमाया’ निर्माण घोषणा गरिएको छ । पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपिठमा एकसाथ पूजा गर्दै चलचित्र घोषणा गरिएको हो ।

भोजपुरको योगमाया समाधि स्थलमा स्व.पहलमानका छोरा नवराज बस्नेत, योगमाया शक्तिपिठका अध्यक्ष भुपाल बस्नेत, गुरु दामोदर भण्डारी, चलचित्रका लेखक तथा टेक्निकल निर्देशक नेत्र छन्त्याल, उदास बैरागी, योगमाया खेलकुद समितिका अध्यक्ष भुपाल कठेत, टिकाराम भन्डारी, विनोद भट्टराई, मधुसुदन भटराई, जगन्नाथ अधिकारी, जिवनाथ सुवेदी, निलमणि खनाल, सोमनाथ भण्डारी, कृष्णमाया नेपाल होड ब कठेत, बिध्याराज न्यौपाने लगायतले स्कृप्ट तथा पोस्टर पूजा गरेका थिए, भने काठमाडौं पशुपतिमा चलचित्रका निर्देशक रिमेश अधिकारी, कलाकार शिवशंकर रिजाल, लय संग्रौला लगायतले मन्दिरमा स्क्रिप्ट तथा पोष्टर पूजा गर्दै चलचित्र घोषणा गरेका हुन् ।

‘योगमाया’ राणा शासनको विरुद्ध आवाज उठाउदै जल समाधि लिने भोजपुरकी नेपाली महिला योगमाया न्यौपानेको कथामा निर्माण हुन लागेको हो । उनी जुद्ध शम्शेर राणाको समय समाजका विभेद, कुरुती, असमानता, छुवाछूत, बालविवाह, सतिप्रथा, दासप्रथा लगायतको अन्त्य गर्दै धर्म राज्य स्थापना र समाज परिवर्तनका लागि लड्ने सहासी महिला हुन् । ध्यान र योग मार्फत उनका हजारौ अनुयानी थिए ।

जुद्ध शम्शेर राणासँग आखामा आँखा जुधाएर पटक पटक आन्दोल गरेर आफ्नो माग राखेकी उनलाई राणाले वचन दिएर पनि धोका दिएको कारण राणाको बिरुद्धमा उनले ६७ जना अनुयानी सहित अरुण नदिमा जल समाधी लिएकी थिइन् । उनले छेडेको आन्दोल उत्सर्गमा पुगेर ९ बर्षपछि राणा सासनको अन्त्य भएको थियो । योगमायाको संघर्ष र बलिदाको कथा फिल्मले भन्ने निर्माता-निर्देशक रिमेश अधिकारी बताउँछन् । फिल्मका लागि बिगत एक बर्षदेखि खोज अनुसन्धान गर्दै विभिन्न पुस्तक, जानकार ब्याक्तिहरुसँगको छलफलमा चलचित्रको स्क्रिप्ट रिमेश अधिकारी र नेत्र छन्त्यालले तयार गरेका हुन् ।

चलचित्रका लागि डा. आस बा. तामाङ र पुर्व मन्त्री शंकर कोइरालाको शब्दमा २ गीत तयार छन् । जसमा विनोद खम्भु र थानेश्वर गौतमले संगीत दिएका छन् । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने ‘योगमाया’ नवराज बस्नेत, भरत संघौला, ईश्वर कुमार श्रेष्ठ, माधव थापा लगायको समुहले निर्माण गर्न लागेको हो । चलचित्रको कानुनी सल्लाहकार राधाकृष्ण पाठक, संयोजक समन अधिकारी र सत्यराज घिमिरे रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा हुन् । चलचित्रको पशुपतिमा स्क्रिप्ट पूजा समेत गरिएको छ । कार्यक्रममा निर्माता, निर्देशक रिमेश अधिकारी, न्यौपाने बन्धु समाजका केन्द्रिय अध्यक्ष बलाराम न्यौपान लगायतको उपस्थिती थियो ।

चलचित्रमा बेनिशा हमाल, लय संग्रौला, रमेश बुढाथोकी, मोहन निरौला, दिनेस डिसि, शिवशंकर रिजाल, विशाल पहारी, मनोज शाक्य, बालकलाकार पोसन श्रेष्ठ लगायत फाइनल भएका छन् । चलचित्रमा अझै लिजेन्ट र थियटर कलाकार छनौटको क्रममा रहेको निर्देशक अधिकारीले बताए । चलचित्रको छायांकन नयाँ बर्ष २०८२ मा सुरु हुनेछ ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com