सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – २०८३ मा प्रदर्शनमा ल्याउने गरि निर्माण कम्पनि काभ्रे फिल्मस्’ले नयाँ चलचित्र ‘जवाफ’ निर्माणको घोषणा गरेको हो ।
यस अघि चलचित्रका निर्माता प्रशान्त गिरीले २०७९ मा प्रदर्शनमा आएको चलचित्र ‘छड्के २’ निर्माण गरेका थिए । चलचित्र निर्माण टिमले एक थीम पोस्टर सार्वजनिक गर्दै नयाँ चलचित्र ‘जवाफ’ निर्माणको घोषणा गरेको हो ।
पोस्टरमा ‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोबिचमा उभिएका एक पात्रको पृष्ठभुमिमा प्रहरी भ्यानसहित देखाइएको छ । पोस्टरले फिल्म डार्क एक्सन थ्रीलर रहेको संकेत गर्छ ।
यस चलचित्रलाई साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्दैछन । सम्पूर्ण छायांकन भारतमा नै हुने बताइएको चलचित्रको अन्य ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले अहिले केहि जानकारी गराएको छैन । कार्याकारी निर्माताको रुपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् ।
चलचित्रलाई २०८३ मा प्रदर्शनमा ल्याउने निर्माण कम्पनिले घोषणा गरेको छ ।
प्रतिक्रिया