सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउदो जेष्ठ ९ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘नरसिंहाः अवतार’ कि अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी याञ्चित राणासँग शुक्रबार काठमाडौं जिल्ला अदालतमा विवाह गरेकी छिन । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरुको विवाह भएको हो । दुवैजना करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।
याञ्चित पेशाले एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर हुन् । अर्थात् विमान मर्मत गर्ने इन्जिनियर । उनी लामो समयदेखि एयर डाइनेस्टीमा कार्यरत छन् । उनको इन्स्टाग्राममा नीतिसँगका रोमान्टिक तस्वीरहरु धेरै देख्न सकिन्छ । सन् २०२३ मा उनले २ वर्षदेखि आफ्नो साथमा रहेकोमा नीतिलाई धन्यवाद दिएका थिए ।
सन् २०१७ मा मिस इन्टरनेशनल नेपालको उपाधि जितेकी नीतिले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘खजुरे ब्रो’बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् । उनको दोस्रो चलचित्र ‘ज्वाइँ साब’ हो भने अब उनको तेस्रो चलचित्र ‘नरसिंहा अवतार’ आगामी जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ । यसमा उनको जोडी अभिनेता राजेश हमालसँग बाँधिएको छ । आगामी साउन २३ गते उनी अभिनीत चौथो चलचित्र ‘मोहर’ पनि प्रदर्शन हुँदैछ । हालै चलचित्र ‘कोशेढुंगा’को छायांकन सकेकी उनको पाइपलाइनमा ‘रुखान’सहित केही चलचित्र रहेका छन् ।
प्रतिक्रिया