सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि आउदो जेठ २ गतेदेखी प्रदर्शन मा आउन लागेको साथै दीपेन्द्र के. खनालद्वारा निर्देशित चलचित्र ‘के घर के डेराः घर नं २’ को पहिलो गीत सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटल युट्युब मार्फत सार्वजनिक गरिएको ‘आँखा’ बोलको गीतमा रिकेश गुरूङको स्वर रहेको छ भने गीतको शब्द राम अविरल विष्टले कोरेका छन् र संगीत भर्ने काम एसडी योगीको रहेको छ।

प्रेम जोडीको कथा बोल्ने गीतको भिडियो चलचित्रका मुख्य कलाकार अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री उपासना सिंह ठकुरीमा फिचर्ड गरिएको छ ।

सोसल ड्रामा ‘के घर के डेरा: घर नं २’ को कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन्। यो उनको पहिलो चलचित्र हो।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रूविना घिमिरे, रमेश बुढाथोकी, हरिहर शर्मा लगायतका कलाकारहरूको अभिनय छ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा चलचित्रनिर्माण भएको हो। यसको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।

कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्र नहकुल खड्काले सम्पादन गरेका हुन्। ‘के घर के डेरा: घर नं २’ जेठ २ गतेदेखि सिनेमा घरहरूमा लाग्नेछ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com