सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘जय हो’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।  दुई छुट्टाछुट्टै पोस्टरमा फिल्मका मुख्य पात्रहरु सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङलाई देख्न सकिन्छ। निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रचार सुरु गरेको हो।

आगामी भाद्र ८ गतेलाई रिलिज डेट लक गरेर बसेको फिल्मको छायांकन कास्की र मुस्ताङको विभिन्न स्थानमा गरिएको हो। फिल्ममा  सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स छ, भने केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता भने  शोभित बस्नेत हुन्। टेकपौरखी राईको निर्देशनमा बनेको फिल्ममा सलोन बस्नेत, अर्पण थापा, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङका साथै प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com