सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको साथै आउँदो साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’ को गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ आज एक कार्यक्रम बीच सार्वजनिक भएको छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको सार्वजनिक गीतमा नायक पल शाह र नायीका नीति शाहको अन्स्क्रिन रोमान्स देख्न सकिन्छ ।

‘चाहिदैन मोहर पर्दैन सुकी ‘ गीतमा शरद हुमागाईं र विशाखा शाहीको स्वर, प्रमोद ढुंगानाको शब्द र सुरेश अधिकारीको संगीतले भरिएको छ ।

फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्रका निर्माता चुम्बन जंग शाही रहेका छन् । चलचित्रमा पल शाह,अर्जुन जंग शाही,बेनिशा हमाल, नीति शाह,मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पवि, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्मा आदि कलाकार हरुको अभिनय रहेको छ ।

चलचित्रमा कविराज गतहराज र रामजी लामिछानेको नृत्य निर्देशन,कुमार महर्जनको एक्सन,समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी रहेको छ ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com