सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: प्रदर्शनको संघारमा रहेको फिल्म ‘परस्त्री’को  लिरिकल भिडियो सार्वजनिक गरिएको छ। ‘जीवन भनेको’ बोल रहेको उक्त लिरिकल गीतमा फिल्मका मुख्य पात्रहरु कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टलाई देख्न सकिन्छ। गीतमा केतन क्षेत्रिको आवाज रहेको छ। केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

असार १५ गतेबाट प्रदर्शन हुने फिल्म नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुदैछ।  फिल्म डि. एस. डिजिटलको ब्यानर तथा सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको हो। शर्मिला पाण्डेको लगानी रहेको फिल्मको कथा लेखन सफल निर्देशक दिपेन्द्र के खनालले लेखेका हुन। फिल्ममा शिल्पा, गौरव र कोशिसका अलावा अलिसा क्षेत्री, अशान्त शर्मा, गीता विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झाकेन बिसी, अर्पित न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com