सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘मेयर साहेब’ निर्माण हुने भएको छ। फिल्मलाई निर्देशक राजु गिरिले निर्देशन गर्ने भएका छन।  उनले शुक्रबार आफ्नो सामाजिक संजाल मार्फत एक पोस्टर सार्वजनिक गर्दै फिल्मको घिशाना गरेका हुन्।

राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर बन्न लागेको फिल्मका निर्माण टिमले भदौबाट छायांकनमा जाने योजना बनाईरहेका छन। हाल  प्रि-प्रोडक्सन र स्क्रिप्टमा ब्यस्त निर्माण टिमले अहिले सम्म कुनैपनि कलाकारहरु फाईनल गरिसकेका छैनन्।

बिनिता फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्ममा बिनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ ।  निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद र अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहने फिल्ममा  नारायण खाती सह-निर्माताका रुपमा देखिने भएका छन।

राजु गिरिको पछिल्लो निर्देशकीय फिल्म ‘नम्बरी सुन’ भदौ १ गतेबाट प्रदर्शन हुदैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com