सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाली मनोरञ्जन क्षेत्र अहिले गहिरो शोकमा डुबेको छ। चार दिन भित्र यस क्षेत्रले २ होनहार कलाकार गुमाएको छ। गत मङ्गलवार राती मात्र रक स्टार रोबिन तामाङको हृदयघातका कारण निधन भएको थियो। उनको मृत्युको ४ दिन पनि पुरा नहुँदै नेपाली सिने नगरीका अर्का तारा अभिनेता सारुख ताम्राकारले यस धर्तीबाट बिदा मागे। उनले बिहीबार राती रातोपुल स्थित आफ्नै निवासमा आत्महत्या गर्दै संसार छोडेका हुन्। उनले ३१ वर्षकै युवा उमेरमा किन देह त्याग गरे भन्नेबारे खुल्न सकेको छैन। फिल्म नगरीलाई नै स्तब्ध बनाएर गएका सारुक बिहीबार बिहान सम्म आफ्नो नयाँ फिल्म ‘ह्यासट्याग माया’को सुटमै व्यस्त थिए। तर अचानक उनको आत्महत्याको निर्णयले अहिले पुरै मनोरञ्जन क्षेत्रनै स्तब्ध बनेको छ ।

वरिष्ठ कलाकार सानु कुमार ताम्राकारका छोरा सारुकले फिल्म ‘रानी’बाट सिने नगरीमा डेब्यु गरेका थिए भने ‘इन्टु मिन्टु लण्डनमा र मेरी मामुमा अभिनय गरेका थिए। हाल उनी अभिनेत्री नम्रता श्रेष्ठको अपोजिटमा फिल्म  ‘ह्यासट्याग माया’को छायाङ्कन गरिरहेका थिए। फिल्मको ४५ प्रतिशत छायाङ्कन सारुकले सकाएका थिए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com