सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। निर्माण टिमले राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको भिडियोलाई रिलिज गरेको हो।

यस गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको एरेन्ज रहेको छ। गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरूलाई समेटिएको छ भने कोरियोग्राफी कमल राईले गरेका छन्।

कुमार केसी निर्देशित यस चलचित्रमा सुरवीर पण्डित, रोहन सेन्चुरी, प्रशान्त मुखिया, रचना सिवाकोटी, लानाम डोर्जे लामा, कृष्ण सुवेदी, दीपेन्द्र सुब्बा, तुलसा शर्मा, अचला अधिकारी, अभय अधिकारी, पिटर खवास लगायतले अभिनय गरेका छन्। निर्माण पक्षका अनुसार यो गीत र चलचित्र दुवै प्रेम, विवाह र सामाजिक सम्बन्धका कथामा आधारित निर्माण गरिएको हो।

चलचित्रको निर्माण दर्पण क्षेत्रीले गरेका हुन् भने प्रस्तुतकर्ता अभय अधिकारी हुन्। निर्मातामा प्रितम मुखिया र अभय अधिकारी छन्। यस चलचित्रको कार्यकारी निर्माता रोहन सेन्चुरी(डम्बर बहादुर विश्वकर्मा) हुन्।

‘मेरो जुत्ता खोइ’को भिडियो तथा ट्रेलरमा कलर ग्रेडिङ र सम्पादन निशान तामाङ र सन्देश शाहले गरेका छन्। ‘लडाइँ’ निर्देशन सन्तोष खवासले गरेका छन् भने पृष्ठभूमि संगीत अलीश कार्कीको रहेको छ। चलचित्रलाई निकट भविष्यमै देशव्यापी प्रदर्शनमा आउने तयारीमा छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com