सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘नाङ्गो गाउँ’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार राजनीतिक पृष्ठभूमि सहित सम्पूर्ण स्टार कास्ट सहितको पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रचार सुरु गर्न थालेको हो। दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा लगायतका कलाकारहरू पोस्टरमा अटाएका छन्।

दीपेन्द्र लामा निर्देशित फिल्म आगामी भदौ २९ गतेबाट देशभर प्रदर्शनमा आउदैछ।

सामाजिक कथावस्तुमा आधारित फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झाको मुख्य भूमिका छ। भने  राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ । हिमाल शर्माको प्रस्तुति रहेको फिल्म निर्देशक लामाकै लेखनमा बनेको हो। फिल्ममा जय श्रेष्ठको लगानी रहेको छ।

फिल्मलाई बनिश शाहले सम्पादन गरेका हुन् भने एसडी योगी र दीपक शर्मा संगीत, रामजी लामिछानेको कोरियोग्राफी फिल्ममा देख्न सकिन्छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com