सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कृषिमा आधारित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’को प्रसारण विहीबारदेखि सुरु भएको छ ।

विहिबार राति ८ बजे हिमालय टेलिभिजन र राति ८ः१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमा शो स्ट्रिमिङ भएको हो ।

कार्यक्रमको होस्टको रुपमा महानायक राजेश हमाल रहेका छन । निर्देशन शैलेश कँडेलले गरेका हुन् ।

कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पुर्‍याउनु शोको उद्देश्य निर्देशक कँडेलले बताए ।

प्रस्तोता हमालले शोले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउने, कृषकलाई प्रोत्साहन दिलाउने र युवालाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन । हमालका अनुसार, शोले दर्शकलाई कृषिकर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारीसहित मनोरञ्जन र प्रेरणा प्रदान गर्नेछ ।

शोमा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीबीच प्रतिस्पर्धा देख्न सकिनेछ ।

‘रिभोल्युसनरी एग्रिकल्चर वार’ नेपाली टेलिभिजनमा नयाँ ढंगको प्रयोगका रूपमा प्रस्तुत भएको छ, जसले कृषि क्षेत्रलाई प्रविधि, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने लक्ष्य राखेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com