सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’को सेन्सर पास भएको छ। नेपाल सरकार अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो।
चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएपछि अब यो चलचित्र सबै उमेरका दर्शकले हेर्न पाउने छन्। विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतारिएको छ। चलचित्रको कथा, पटकथा र निर्देशन राई स्वयंको छ।
चलचित्रमा धिरज मगर, मिरूना मगर, दिया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरूङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरूङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय रहनेछ। संगीत अनमोल गुरूङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने फिल्मका गीतमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङको छ।
केहि दिनअघि चलचित्रमा समावेश गीत साकेला र यसअघि लभ सङ रिलिज गरिएको थियो। चलचित्रको पोस्टर रिलिज देखि नै चलचित्रले एक किसिमको दर्शमाझ हाइप लिएको थियो। साकेला गीत रिलिजपछि भने दर्शकमाझ उत्साह थपिएको देखिन्छ। ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन सौरभ लामाले गरेका छन्। डी.बी.राई र सरिना लामा राई निर्माता रहेकोचलचित्रको प्रचारप्रसार व्यापक भइरहेको छ।
प्रतिक्रिया