सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – हाँस्य प्रधान समाजीक कथानक चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’ को सुटिङ मंगलबारबाट कास्कीको याङ्जाकोटमा सुचारु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा खिचिएको चलचित्रको बाँकी झण्डै नब्बे प्रतिशत दृश्य याङ्जाकोटमा खिचीने जानकारी निर्देशक राजु गिरीले दिएका छन् ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा चर्चित हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) डल्लेको शीर्ष भूमिकामा छन् । सागरसँगै चलचित्रमा रमेश बुढाथोकी,रोशनी खड्का,हेमन्त बुढाथोकी,रबिन्द्र झा,बिनोद न्यौपाने,बिशाल पहाडी,ध्रुव कोइराला,साबित्रा चिलुवाल,ओसिन भट्टराई,लक्ष्मीनाथ तिमिल्सिना,मोहन कृष्ण श्रेष्ठ,रामहरि खड्का,सुचेन्द्र परियार तथा निर्देशक गिरी स्वयम्ले अभिनय गर्दैछन् ।

श्याम लामाको छायांकन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा बिनयराज पौडेल छन् । सुमन काफ्लेले निर्माण ब्यबस्थापन सम्हालेको चलचित्रमा अशोक रोक्काको श्रृंगार,देव महर्जनको द्धन्द्ध निर्देशन तथा अर्जुन पोखरेलेको गीत छ ।

उषा फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रको छायांकन करिब एक महिनामा समापन गर्ने लक्ष्य निर्माण टिमको छ । निर्देशक गिरीले ‘डल्लेले इन्ट्री मार्याे’ ०८२ को अन्त्यमा दर्शकमाझ ल्याइने योजना रहेको बताएका छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com