सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौ १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘ऐँचो पैँचो’को पहिलो गीत सार्वजनिक गरिएको छ। राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्ममा समावेश ‘काले केटाले’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा आशिष अविरल र अश्मिता अधिकारीले आवाज भरेका छन। डान्सिंग नम्बरमा स्वस्तिमा खड्का, वर्षा राउत, कोशिश क्षेत्रि, सुशील सिटौला, रविन्द्र झा, मुकुन भुसाल एवम् एलेक्स बिश्वकर्मा ( पारस )लाई देख्न सकिन्छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन।

कृषा चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछानेको लगानी रहेको छ। फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com