सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  आगामी माघ १६ गतेबाट रिलिज हुने चलचित्र ‘परिवर्तन’को धमाधम जर्सिङ पौवामा छायांकन भइरहेको छ। यसडी योगी र रेश्मा पुनको आवाजमा रहेको गीत ´पाकेको चिउरी`को भिडियो सुटिङ भइरहेको हो।

यस चलचित्रको गीतमा फिल्ममा मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईली नाचिरहेका छन्। उनीहरुलाई नृत्य निर्देशक रामजी लामिछानेले नचाई रहेका छन् भने क्यामेरामेन शिव ढकालले खिचिरहेका छन्।

छायांकन भइरहेको गीतलाई मौसम अर्यालले लेखेका हुन् भने संगीत गायक यसडी योगीकै रहेको छ।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको योचलचित्रमा अभिनेता सुशील श्रेष्ठ,अभिनेत्री अञ्जना बराईलीका अलवा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रलाई विजय केरूङले निर्देशन गरेका छन्। दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत रहने यो चलचित्रमा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com