सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘आ बाट आमा’ को शीर्षक गीत ‘सृष्टि कै पहिलो नाम’ आज सोमवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ ।

अभिनेत्री विपना थापाको जन्मदिनको अवसर पारेर आज मंसिर २९ गते सोमवार उनको मुख्य भूमिका रहेको चलचित्र ‘आ बाट आमा’ को टीमले चलचित्रको शीर्षक गीत नै उनलाई उपहार दिएका छन्  । उक्त गीतमा अभिनेत्री विपना थापा,अभिनेता पल शाह र अभिनेता प्रदीप रावतलाई फिचर्ड गरिएको छ ।

चलचित्र  ‘आ बाट आमा’ को शीर्षक गीतमा गायक रवि ओडको स्वर रहेको छ भने संगीतकार बाबुल गिरीले गीतको रचना र  संगीत संयोजन गरेका छन् ।

चन्द्र पन्तद्वारा निर्देशित चलचित्रमा विपना, पल, प्रदीपसहित सिमरन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित विष्ट, अंशु केसी महर्जन, बेगम नेपाली, हेमराज अधिकारी, प्रमाकश कुँवर, दिल ओखेडा आदि कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्र ‘आ बाट आमा’ को निर्माताहरु कृष्ण प्रसाद सुबेदी,ओमकार पन्त,प्रकाश यस जे बि कुँवर,धुर्ब प्रसाद नेउपाने र क्षितिज ढुंगाना रहेका छन् भने कार्यकारी निर्मातामा करण सिंह रसाली रहेका छन् ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको  चलचित्रको डिओपीमा नवराज उप्रेती रहेका छन्। चलचित्रको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम,रहेका छन्।

यस चलचित्रको वितरण आरआर फिल्म्सले गर्दैछ भने चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। चलचित्र आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com