सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पौष ४ गते अर्थात् आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ओएसटी ‘आम नेपाली बुवा’ले रिलिजको २४ घण्टामा १० भ्युज पाएको छ । आइतबार राती सार्वजनिक‘झरीपछिको इन्द्रेणी’को यो र्‍याप गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । गीतको कमेन्ट बक्समा भिडियो हेरेका अधिकांश दर्शकले हालको नेपालको वर्तमान अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेको भन्दै प्रशंसाको ओइरो लगाएका छन् । आम नेपाली बुवा’मा र्‍याप सँगै शब्द पनि बालेनको छ । आम बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ र्‍यापमा समावेश गरिएको छ । भिडियोमा चलचित्रका दृश्यहरू समेटिएको छ ।

गीतका शब्द र र्‍यापको कोरसमा समावेश महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको अंश ‘कुन मन्दिरमा जान्छौ यात्री’ दर्शक तथा श्रोताले रुचाएका छन् । जसले चलचित्रप्रति दर्शकमा उत्साह पैदा गर्न सफल भएको छ । यो गीतले २४ घण्टामा नै १० लाख भ्युज पाएपछि यही चलचित्रबाट निर्देशनमा डेव्यु गरेका हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले छोटो समयमा दर्शकबाट पाएको यो मायाले उत्सनहित बनाएको प्रतिक्रिया दिएका छन् ।

हालसम्म यो गीतले युट्युबमा १० लाख भ्युजसहित १ लाख १८ हजार बढि लाइक र साढे एघार हजार बढि प्रतिक्रिया पाएको छ । जसमा अधिकांशले बालेनको प्रशंसा गर्दै ‘झरीपछिको इन्द्रेणी’ हेर्न व्यग्र प्रतिक्षामा रहेको प्रतिक्रिया दिएका छन् । यसले चलचित्रलाई बक्सअफिसमा इनिसियल व्यापामा ठुलो सहयोग गर्ने देखिन्छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो चलचित्र छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो चलचित्रबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । चलचित्रको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । चलचित्रका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com