सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस चलचित्रमा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएकोथियो भने मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले चलचित्रको प्रचार गरे। साथै यहि गीतको भिडियो समेत रिलिज गरिएको थियो।

उक्त गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका थिए। ‘धर्तीमा आँखा खोली,मैले बोलेको त्यो बोली,सृष्टिकै पहिलो नाम ‘आ बाट आमा’’मा अभिनय गरेपछि दर्शकलाई निकै भावुक बनेका समेत देखिन्थेँ।

यस महोत्सवमा गाउँ गाउँबाट हजारौ दर्शकको उपस्थिति रहेको थियो। पल शाह र विपना थापालाई देखेपछि दर्शकले आइ लभ यु पल शाह र विपना थापा भन्दै हुटिङ गरेका थिए।

उक्त महोत्सवमामा दर्शकको माया पाएकी अभिनेत्री विपना थापा औधि खुशी भएकी थिइन्। हजारौ दर्शकमाझ देखिएका पल र विपनाले फिल्म प्रचारका लागि कुनै कसुर बाँकी नराख्ने मुडमा देखिन्छन्।

यसचलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम,रहेका छन्। चलचित्रका गीतको भिडियोमा कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। साथै फिल्मको डिओपीमा नवराज उप्रेतीको छ।

अभिमन्यू निरवीले लेखेको यो चलचित्रको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। यस चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। फिल्मलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन्। फिल्मको ट्रेलर टिजर साहिल खानले काटेका छन्।

नेपालमा चलचित्रको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने यो चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। स्मरण रहोस यसअघि निर्देशक चन्द्र पन्तले नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’निर्देशन गरेका थिए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com