सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘ऐचो पैँचो’ बाट निर्देशनमा हात हालेकी कृषा चौलागाइँ यतिबेला तेस्रो चलचित्र ‘पारस’ निर्देशना जुटेकी छन्। एक्सन जनरामा निर्माण गर्ने भनिएको चलचित्रको नेपाल छायांकनमा जानुअघि भारतको मुम्बई पुगेर केहि दृश्य छायांकन गरेर नेपाल फर्किए छिन्।

आगामी फागुनको पहिलो साताबाट नेपालको छायांकनमा निस्किने तयारीमा रहेको चलचित्रको निकै काम सकिसकेको छ। एक्सन जनराकै चलचित्र निर्माणमा गर्न लागेकी निर्देशक कृषा मुम्बई पुगेर  केहि दृश्य छायांकन गरेर ,त्यहाँ मुम्बईका चलचित्र मेकरसँग भेटेर नेपाल फर्किएकी छन्। उनले त्यहाँ रहदा गर्दा के गरिन? त्यसको बारेमा उनले धेरै  जानकारी दिएकी छैनन्। उनको फेसबुक वालमा हेर्ने हो भने उनी फिल्म सुटिङ सेटमा रहेको देखिन्छ।

त्यति मात्र होइन। उनले मुम्बईमा खिचेको एक तस्विर सार्वजनिक गर्दै ठुलो सपना बोकेर हिडेको उल्लेख गरेकी छन। उनी लेख्छिन्,‘“ठूलो सपना बोकेर निस्किएको मान्छे,पारस।’

उनको भनाईले उनी गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘पिताम्बर’को कमि कमजोरी सुधार्दै पारसलाई नेपालकै गज्जब एक्सन फिल्म निर्माण गर्न लागेकी हुन्? या मुम्बईमा बसेर उनले फिल्मका प्राविधिक पक्षहरुसँग कुराकानी गर्दैछिन्? यि प्रश्नहरुको जवाफ उनले नेपाल फर्किएपछि दिन्छिन् नै होला। त्यसका लागि भने केहि दिन प्रतिक्षा गर्नैपर्ने हुन्छ। चलचित्र निर्माता हुँदै निर्देशक बनेकी कृषालाई पछिल्लो समय एक्सन निर्देशक रुपमा समेत परिचित छिन्।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com